शुभकामना
नवीन आशा, नवीन जोश, सृजिरहओस् थरी थरी ।सफलताले पाइला चुमून, जीवनमा सधै भरी ।।
लक्ष्य सधै बनिरहओस् सफलताको शिखर छुने ।
परमेश्वरलाई सुहाउँदो, सच्चा आराधक सधै हुने ।
उहाँकै नै इच्छा खोज्ने, जीवन बनोस् जीउँदो बली।
बनी शाक्षी निरन्तर, कदम बढुन उकाली–ओराली ।
बनाइ निशाना क़ुशको, विस्वासको पाइला चालौ।
खराबीको जड जति, जरादेखि नै उखेलेर फालौ ।।
सॉंचो हाम्रो हातमा छ है, प्रयोग गरौ सोही रूपमा।
फलवन्त भइ जीउँ, प्रतिबिम्बित उहाँकोस्वरूपमा।
आशिषित बनोस् जीवन, यो सालमा अझ बडी ।
येशू विना केही गर्न सकिन्न, जानौ सधै यो कडी।।
आशिषमय बनोस् जीवन येशूमा, यही छ चाहना
नयॉं वर्ष २०२२ को हार्दिक मंगलमय शुभकामना।।
-पास्टर पुष्पा रसाईली
[learn_press_profile]