Poem by Lachi Lamgadey

Lachi Lamgadey

आमा

प्राथनाको योद्धा र सन्तानकी सितल छहारी हुन आमा 

बुद्धीसँग बोल्न सिकाउछिन, सत्यतामा हिडाउछीन् आमा ।

त्याग र तपस्य गर्छीन आमा, भन्छीन परमेश्वरको भय मान 

धार्मीकतामा  डोर्याउछीन आमा, बाँड्छीन सबैलाई असल ज्ञान ।

परमप्रभुको वचननै शक्ति हो भनि जान्दछीन आमा 

प्रतिष्ठाले शुशोभित हुनुपर्छ हरपल भन्दछीन आमा ।

विश्वास योग्य उपदेशको खानी, करुनाकी धनी हुन आमा 

आत्मा र सत्यतामा रमाउन सिकाउछीन् सधै भरी आमा ।

 

                               –लच्छी लाम्गादे