Poem by Dhan Lamgadey

Late Dhan Lamgadey

क्रिसमस आयो

क्रिसमस आयो नाचौं रमाऊ, बेथ्लेहममा जन्मनु भो येशू मशी

कोरोनाले छेकी दियो मण्डलीलाई, रमाऊ जुम्मा घरै बसी बसी ।

पिताको आग्या शिरोपर गरी बेथ्लेहममा, बालकरुपमा येशूले जन्म लिए

ज्योतिषी र गोठाहरु दर्शण पाए, चिनो डुडमा सुतीरहेका प्रभु येशू नै थिए ।

मानीसको पाप उठाई लान येशू पृथ्वीमा मानव रुप लिई टेके

यशया अगमबक्ताको पुस्तक येशूले पढी दिदा पुजारीहरूले देखे ।

सत्य कुरा थहा पाए फरसीहरू र पुजारीहरूका मनमा ठूलो संका उठ्यो

विभिन्न बहाना बनाई बनाई  येशूलाई, पकडे आरोप लगाई झुटो ।

शरीरको बस्र सबै खोली उन्नचालीस क्रोर्राको कुटाई

गाजल काँटी ठोके येशूलाई काठको क्रुसमा सुताई ।

कती निर्दोष प्रभु येशू हुनुहुन्थ्यो फारसीहरूले गरे कुटाई निन्दा थुकाई

सललल भल बग्यो रगतको क्रुसमा एक थोपा रगत नराखी येशूले शरीर सुकाई ।

मण्डली बनाई बनाई येशूले रगत दिनु भो आफ्नै सरीर सुकाई

उद्धार र मुक्ती केमा रैछ बुझौ सबले घुडा टेकी शिर झुकाई ।

    –धन लाम्गादे

    रोचेस्टर, न्यूयोर्क