Poem by Madhukar Tirwa

Madhukar Tirwa

कस्तो हुन्थ्यो होला

रुनेहरु हाँसिदिए कस्तो हुन्थ्यो होला

मर्नेहरु बांचीदिए कस्तो हुन्थ्यो होला

पापीहरु मोड़ीदिए कस्तो हुन्थ्यो होला

नशाहरु छोडिदिए कस्तो हुन्थ्यो होला

नंगाहरु ढाकिदिए कस्तो हुन्थ्यो होला

घमण्डीहरु पाकिदिए कस्तो हुन्थ्यो होला

भोकाहरू भरीदिए कस्तो हुन्थ्यो होला

पहाडहरु सरिदिए कस्तो हुन्थ्यो होला

तितोपना भुलिदिए कस्तो हुन्थ्यो होला

आत्मिक फल फुलीदिए कस्तो हुन्थ्यो होला 

                                         -मधुकर तिरूवा