Poem by Lachi Lamgadey

Lachi Lamgadey

आमा

प्राथनाको योद्धा सन्तानकी सितल छहारी हुन आमा 

बुद्धीसँग बोल्न सिकाउछिन, सत्यतामा हिडाउछीन् आमा

त्याग तपस्य गर्छीन आमा, भन्छीन परमेश्वरको भय मान 

धार्मीकतामा  डोर्याउछीन आमा, बाँड्छीन सबैलाई असल ज्ञान

परमप्रभुको वचननै शक्ति हो भनि जान्दछीन आमा 

प्रतिष्ठाले शुशोभित हुनुपर्छ हरपल भन्दछीन आमा

विश्वास योग्य उपदेशको खानी, करुनाकी धनी हुन आमा 

आत्मा सत्यतामा रमाउन सिकाउछीन् सधै भरी आमा

 

                               लच्छी लाम्गादे

[learn_press_profile]